
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएकाे छ ।
उहाँले मंगलबार एक अपिल पत्र जारी गर्दै लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गर्नुभएकाे हाे । राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु जारी पत्रमा भनिएकाे छ ।
राष्ट्रपति पौडेलले जेन्जी युवाका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ता मार्फत मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै संयमित हुन आह्वान गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्