Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


मेयर बालेको जेनजी युवालाई अपील: ‘देश तपाईहरूकै हातमा आइसक्यो, घर फर्कनुहाेस्’


6.344k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी युवा प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गर्नुभएकाे छ ।

मेयर शाहले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्ताे अपील गर्नुभएकाे हाे । देश जेनजीकै हातमा भएकाे समेत उहाँले बताउनुभयाे ।

अब जति क्षति भएता पनि हाम्राे नै हुने भएका कारण अब घर फर्कनका लागि जेनजी युवाहरुलाई मेयर शाहले अनुराेध गर्नुभएकाे छ ।