
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले राजीनामा दिएको जनाएको छ । जेन जीको आन्दोलनले संसद्, सिंहदरबार सैबतिर कब्जा गरेपछि ओलीको राजीनामा आएको हो ।
सोमबारको जेन जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । मंगलबार आन्दोलन झन् उग्र बनेको थियो । मंगलबार प्रदर्शनकारीले संसद् र सिंहदरबार कब्जामा लिएको केही मिनेटपछि प्रधानमन्त्रीको राजीनामा दिएको छ ।
ओलीले मुलुकमा असमान्य स्थिति आएको भन्दै राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्