Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


ललितपुरमा आज राति १२ बजेसम्म बढाइयो कर्फ्यु


1.963k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका क्षेत्रहरूमा कर्फ्यु लागू गरिएको हो ।

भैंसेपाटी, सानेपा, च्यासललगायत क्षेत्र कर्फ्यु क्षेत्रमा पर्नेछन् । यिनमा भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

सुरक्षाका दृष्टिले चार किल्ला तोकी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ । कर्फ्यु उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।