Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो


2.873k
Shares

काठमाडौं । जेन जी आन्दोलन र जनदबाबका कारण सरकार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न बाध्य भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक्स (अघिल्लो ट्विटर) लगायत सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले निर्णयको पुष्टि गर्दै सञ्जालहरू सञ्चालनमा आइसकेको जानकारी दिएका छन् ।

यही १९ भदौमा सरकारले फेसबुकलगायत समाजिक सञ्जामा प्रतिबन्ध लगाएको थियो, जसको चर्को विरोध गर्दै युवाहरूले देशव्यापी आन्दोलन चर्काएका थिए । सोमबार मात्रै काठमाडौं र इटहरीमा १९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए ।

जनविरोध र सत्तारुढ दलभित्रको असन्तुष्टि थेग्न नसकेपछि सरकारले प्रतिबन्ध हटाएको हो ।