Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर दर


0
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।