
काठमाडौं । सरकारले जेनजी युवाहरूले साेमबार गरेकाे प्रदर्शनका कारण मृत्यु हुनेको संख्या १९ जना पुगेको बताएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरीका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या १९ पुगेको जनाएकाे हाे । मन्त्रालयका अनुसार देशैभरी विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेहरु उपचाररत रहेका छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडाैं मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचारकाे क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको हाे ।
प्रतिक्रिया दिनुहोस्