
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजी युवाहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनुभएकाे छ ।
सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा साेही प्रदर्शनकाे बारेमा ब्रिफिङ गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।जेनजीहरूको मागकाे बारेमा सरकार संवेदनशील भएको र उनीहरू सचेत भएको लगायतका ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्य अराजक तत्वहरूले घुसपैठ भएकाे बताउनुभयाे ।
‘प्रधानमन्त्री ओलीले घुसपैठ भएको कुरा जेनजीहरूले पनि स्वीकार गरिसकेको समेत बैठकमा ब्रिफिङ गर्ने क्रममा जानकारी गराउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्