Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


प्रतिबन्ध गरिएका सामाजिक सञ्जाल तत्काल खोल्न सकिंदैन: प्रधानमन्त्री ओली


10.348k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाएका फेसबुकसहितका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिनुभएकाे छ ।

सिंहदरबारमा साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयकाे बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी दिनुभएकाे थियाे । तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिनुभएकाे हाे । यसपछि गृहमन्त्री पदबाट राजीनामा दिदै रमेश लेखकले पनि सामाजिक सञ्जालहरुको प्रतिबन्ध खोल्न प्रस्ताव राख्नुभएकाे थियाे। तर प्रधानमन्त्री ओलीले नमान्नुभएकाे हाे ।

साेही प्रस्तावमा सकारकात्मक भएकाे बताउदे उहाँले मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीज बालुवाटारमै भेटवार्ता भएकाे छ ।