Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजी प्रदर्शन: इटहरीमा प्रहरीकाे गाेली लागेर २ जनाको मृत्यु, एक घाइते


1.456k
Shares

काठमाडौं। इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् ।

उनीहरू मध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको जनाएकाे हाे । मृतकको पहिचान खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको बताउनुभयाे ।

प्रतिष्ठानमा उपचारका लागि लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाकाे बारेमा प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताउनुभयाे। इटहरी नगरपालिका कार्यालयमा प्रदर्शकारीले तोड्फोड र आगजनी गरेपछि साेमबार दिउँसाे झडप भएको थियो ।

झडपपछि प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए । साेही क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रदर्शकारीले नगरपालिकाकाे एउटा भवनमा समेत आगो लगाएकाे प्रशासनले जनाएकाे छ ।