Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजीकाे प्रदर्शन: प्रधानमन्त्री ओलीकाे गृहजिल्ला झापामा प्रहरीकाे हवाई फायर, ३ घाइते


1.313k
Shares

काठमाडौं। जेनजीकाे प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे गृहजिल्ला झापाकाे बिर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ ।

काठमाडौंमा प्रहरीको दमनबाट १५ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनकारी थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा समेत प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालयले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाएकाे हाे । तर, स्थानीयले चाहीं केही व्यक्ति प्रहरीको गोली लागेर घाइते भएको बताएका छन् ।

घाइतेलाई वी एण्डसी अस्पताल पठाइएको स्थानीयको भनाइ थियाे। यसअघि दमकमा भएको प्रदर्शनमा समेत प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका छन् । ३ जना घाइतेको विएण्डसी अस्पतालमा उपचार जारी रहेकाे प्रहरीले बताएकाे हाे।