Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


रूपन्देहीमा पनि जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी


507
Shares

काठमाडाैं । रुपन्देही जिल्ला प्रशासन कार्यालयले जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले शान्ति सुरक्षा कायम राख्न साेमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको जनाएकाे हाे ।प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी साेही कदम चालेकाे छ ।

प्रशासनले साेमबार दिउँसाे एक सूचना जारी गर्दै कर्फ्यूको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएकाे हाे ।

नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्यूको पालना नगर्ने व्यक्तिलाई कानून अनुसार कारबाही हुने पनि प्रशासनले जनाएकाे हाे ।