Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


आन्दोलनरत जेनजी युवासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन


0
Shares

काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी युवासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा साेमबार बसेको समितिको बैठकले साेही निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च शतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ । सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हाे ।

जेनजी आन्दोलनका कारण सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।