Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर १० जनाकाे मृत्यु, साढे १ सय बढी घाइते


52
Shares

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ ।

नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले सोमबार चलाएको गोली लागेर गेट अगाडि नै एक जनाको मृत्यु भएको हो । घाइते एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेका ६, काठमाडौं मेडिकल कलेजमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र अन्य अस्पतालमा एक गरी कुल १० जना प्रदर्शनकारीको मृत्यु भएको बताए पनि यसको आधिकारिक पुष्टि भने भएकाे छैन ।

प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १ सय भन्दा बढी घाइते भएका छन । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको हो ।