Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जेनजी प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर ६ जनाकाे मृत्यु, १ सय बढी घाइते


2.028k
Shares

काठमाडौं । जेनजी युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको छ ।

नयाँ बानेश्रस्थित संघीय संसद भवनमा प्रवेश गर्न खोज्ने युवाहरुमाथि प्रहरीले साेमबार चलाएको गोली लागेर गेट अगाडि नै एक जनाको मृत्यु भएको हो । घाइते एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेका ४ जना र काठमाडाैं मेडिकल कलेजमा एक गरी कुल ६ जना प्रदर्शनकारीको मृत्यु भएको बताएता पनि यसको आधिकारिक पुष्टि भने भएका छैन । प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १ सय जना भन्दा बढी घाइते भएका छन ।

घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे ।