Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित घर फर्किनुहाेस : जेन जी नेपाल


26
Shares

काठमाडाैं । जेन जी नेपालले प्रदर्शनकारीहरूलाई तत्कालै घर फर्किन आह्वान गरेकाे छ । प्रदर्शन अशान्तिपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएकाे हाे ।

उक्त पेजको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् ।

चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’