
काठमाडाैं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध जेनजीले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
सहभागीहरूको सुविधाका लागि काठमाडौं महानगरपालिकाले घुम्ती शौचालयको व्यवस्था गरेको हाे ।
प्रदर्शनमा युवा–विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको छ। उनीहरूले ‘स्टप करप्सन’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’ लगायत नारासहित प्लेकार्ड बोकेका छन्। मेयर बालेन शाहले प्रदर्शनलाई समर्थन जनाएका छन्।
राजनीतिक दलका कार्यकर्तालाई सहभागी नगराउने र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउने प्रतिबद्धता प्रदर्शनकारीले जनाएका छन्। प्रदर्शन काठमाडौंसहित देशका अन्य केही जिल्लामा पनि फैलिएको छ।
प्रतिक्रिया दिनुहोस्