
काठमाडौं ।
सरकाले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् ।
उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज जेनजीले केन्द्रीय राजधानी काठमाडौंसहित ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्