Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


माइतीघर मण्डलामा जेन-जीकाे प्रदर्शन सुरु


13
Shares

काठमाडाैं ।

सरकारको बेथिति, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सम्भावित प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन सुरु गरेकाे छन् ।

‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिन लागेका युवाहरूले न्याय, पारदर्शिता र सुशासनको माग गर्दै सरकारलाई जवाफदेही बनाउने उद्देश्य लिएका छन्।

आन्दोलनका आयोजकहरूद्वारा जारी विज्ञप्तिमा प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र कानुनी ढंगले हुने स्पष्ट गरिएको छ। उनीहरूले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न आह्वान गरेका छन्।

साथै, यदि आन्दोलनमाथि हिंसात्मक वा बलप्रयोग गरिएको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुने चेतावनी समेत दिएका छन् ।