
काठमाडौं । जेनजीले भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा गर्न लागेकाे प्रदर्शनकाे बारेमा जिल्ला सुरक्षा समितिमा छलफल भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको हो । बैठकले प्रदर्शनमा अपनाइने सुरक्षा रणनीति तय गरेको सुरक्षा समितिका एक सदस्यले बताएका छन् । सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा हुन लागेको प्रदर्शनमा युवाहरूको स्वतन्त्र सहभागिता हुने जनाइएकाे छ ।स्थानीय प्रशासनले पनि उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिइसकेको हाे ।
प्रशासनले सो प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने सुरक्षा विश्लेषण गरेको छ । २८ वर्ष भन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुसपैठ हुन सक्ने आंकलन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएकाे हाे । सुरक्षा रणनीति समेत तयार गरिएकाे प्रहरीले बताएकाे छ ।
प्र
प्रतिक्रिया दिनुहोस्