Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


हाम्रो पात्रोलाई पुन: सक्रिय बनाउनका लागि प्राधिकरणको निर्देशन


715
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली एप हाम्रो पात्रो हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रूपमा सूचीकरण भएपछि पात्रो तथा न्यूज एग्रिगेटरको रूपमा रहेको पात्रोमाथिको प्रतिबन्ध फुकाइएको हो । प्राधिकरणले आइतबार साेही कम्पनीहरूलाई पत्राचार गर्दै हाम्रो पात्रो प्लेटफर्म पुनः सक्रिय गराउन पत्र काटेको छ ।

पत्रमा शुक्रबार हाम्रो पात्रो सूचीकरण भएको भन्दै पुनः सक्रिय गराइदिन प्राधिकरणले निर्देशन दिएकाे हाे । हाम्रो पात्रो सामाजिक सञ्जाल अन्तर्गत पर्ने नदेखिए पनि बन्द गर्ने निर्णय लगत्तै साेही पात्रोले सूचीकरण प्रक्रिया थालेको थियो ।