Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


‘जेनजी’ पुस्ताको भाेलि हुने भ्रष्टाचार विरोधी प्रदर्शनलाई मेयर बालेनकाे समर्थन


923
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले साेमबारका लागि आह्वान गरिएको ‘जेनजी’ पुस्ताको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाउनुभएको छ ।

मेयर शाहले आइतबार दिउँसाे सामाजिक सञ्जाल ट्विटरमार्फत साेही प्रदर्शनलाई समर्थन जनाउनुभएको हाे । साेमबार र्याली स्वस्फूर्त र २८ वर्ष भन्दा कम उमेरका युवाहरुको भएकाे बताउदै उहाँले यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने बताउनुभएको छ । उहाँले आफू चाहीँ उमेर हदका कारण र्यालीमा सहभागी हुन नमिल्ने भएका कारण युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताउनुभयाे ।

युवाहरूलाई कस्तो देश देख्न चाहनुहुन्छ भनेर प्रश्न समेत उहाँले गर्नुभएको छ । साेही र्यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न समेत उहाँले आग्रह गर्नुभयाे । मेयर शाहले युवा पुस्ताको कुरा बुझ्नु जरुरी रहेको र युवाहरुको अभियानलाई आफ्नो पूर्ण समर्थन रहेको समेत स्पष्ट पार्नुभएकाे पार्नुभएकाे छ ।

मेयर शाहले सामाजिक सञ्जाल ट्विटरमा यस्ताे लेख्नुभएकाे छ: