काठमाडाैं । नेकपा एमालेका नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीकाे विधान महाधिवेशनमा अन्तिम दिन आइतबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सोही कुरामा जोड दिएका हुन् । बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल लगायतका अधिकांश नेताहरुले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति-पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भइसकेकाहरुलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी उनीहरुले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन र पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको प्रमुख गाैतमले बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्