
काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।
दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे नेपाल सुनचाँदी व्यवसायी संघले जवनाएकाे हाे । छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ । चाँदी आइतबार २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे । गत शुक्रबार चाँदी तोलाको २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियाे ।
प्रतिक्रिया दिनुहोस्