Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको निर्देशन


39
Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएकाे छ ।

काठमाडौंमा आइतबार निजामति कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो निर्देशन दिनुभएको हो । देशको नीति, कार्यक्रम र कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उहाँले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभएकाे छ। सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरुको चर्चा गरिरहनु नपर्ने उहाँकाे जिकिर गर्नुभयो ।

मन्त्री न्यौपानेले युवाहरु पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरुलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताउनुभएकाे छ। कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उहाँले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको उहाँकाे भनाइ थियाे ।