
काठमाडाैं ।
नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो सभामा पेश भएका राजनीतिक, विधान संशोधन, सांगठनिक सहितका प्रतिवेदनमा समहुगत रुपमा छलफल सुरु भएको छ ।
हिजो देखि ललितपुरको गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रस्तावहरुमाथि आज देखि समुहगत छलफल सुरु भएको हो ।
प्रतिनिधिहरुलाई १० समुहमा विभाजन गरेर सभामा पेश भएका प्रतिवेदनहरु माथि छलफल भइरहेको छ । सभामा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्नुभएको छ ।
त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट प्रतिवेदन प्रस्तुत भएका थिए । केन्द्रीय कार्यालयमै दर्ता गरेको स्थायी समिति सदस्य कर्ण थापाको प्रतिवेदनलाई भने अध्यक्ष ओली पेश गर्न रोक्नुभएको छ ।
फरक मतलाई स्थानदिने भन्दै आएपनि आज समय अभाव देखाउदै पेश गर्न दिन अस्वीकार गर्नुभएको हो । भोली सम्म जारि रहने महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ गरि जम्मा दुई हजार ३४१ जनाको सहभागिछन ।
प्रतिक्रिया दिनुहोस्