२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक


1.014k
Shares

नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रश्तुत गर्नबाट रोक लगाइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हजमा दोस्रो दिन शनिवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रश्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रश्ताव वितरण भइसकेकाले प्रश्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापा फरक मत पेश गर्न रोकिएका हुन् ।

सबै सदस्यलाई सो फरक मत वितरण भइसकेको र त्यसलाई समूहगत छलफलमा अध्यक्ष ओलीले लैजान भनेपछि नेता थापा फरक मत हलमा प्रश्तुत नगर्न सहमत हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । सो फरक मत छलफल गर्नबाट वञ्चित नगरिएको खाली प्रश्तुत गर्न भने वितरण गरिसकिएकाले आवश्यक नभएको कुरा अध्यक्ष ओलीले नेता थापालाई सचेत गराउनुभएको उहाँको भनाई थियो ।
प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो, ‘प्रत्येक सदस्यले पहिले त्यो छलफलका विषय बनाएर लिएर आउनुप¥यो । त्यसकारण छलफल नै नगर्नुस् भनिएन । छलफलबाट वञ्चित गरिएन नि । छलफलबाट वञ्चित पनि गरिएन, नगर्नुस् पनि भनिएन । समूहमा छलफल गरेर लिएर आउनुस भनेपछि विचार छलफल गर्नबाट वञ्चित गरिएन । तर उहाँले प्रश्तुति गर्नु भएन । अध्यक्षले यस भन्नुभयो, उहाँले स्विकार गर्नुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता थापाले फरक मत राख्दै आएका छन् । —न्युज एजेन्सी नेपाल