२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


सरकारका नराम्रा कामको आलोचना गर्नुस्ः अर्थमन्त्री पाैडेल


13
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरुको आलोचना गर्दै राम्रा कामहरुलाई जनतासमक्ष पु-याउन आग्रह गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उहाँले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताउनु भयो । उहाँले सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरुमा सहयोग गर्दै आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरु देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’

उहाँले मानिसहरुलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर गर्नुभयो ।