Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


घाइते बालिकाको उपचार खर्च सरकारले बेहोर्ने भएपछि हरिसिद्धी सडक सुचारु


5.9k
Shares

ललितपुर । हरिसिद्धीमा कोशी प्रदेश सरकारका मन्त्रीको गाडीले ठक्कर दिँदा घाइते भएकी ११ वर्षीया बालिका उषा सुनुवारको उपचार खर्च अब प्रदेश सरकारले बेहोर्ने भएको छ।

शनिबार बिहान ललितपुर–२८ हरिसिद्धीमा आन्तरिक मामिला मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। अहिले बालिकाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जानकारी दिएका छन्।

दुर्घटनापछि आक्रोशित स्थानीयबासीले सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए। तर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बालिकाको सम्पूर्ण उपचार खर्च सरकारबाट व्यहोर्ने घोषणा गरेपछि आन्दोलन रोकिएको हो।

मुख्यमन्त्री कार्कीले मन्त्रीको गाडीबाट दुर्घटना भएकाले प्रदेश सरकारले नैतिक जिम्मेवारी लिएको र पीडित बालिकाको उपचारमा कुनै कमी हुन नदिने बताए।

साथै, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

सडक बन्दका कारण एमालेको विधान महाधिवेशन प्रभावित भएको थियो। सडक खुल्न ढिलाइ हुँदा महाधिवेशनको दोस्रो दिनको सत्र तोकिएको समयभन्दा एक घण्टा ढिलो सुरु भएको हो।

Skip This