२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


एमाले विधान महाधिवेशन दोस्रो दिन


13
Shares

काठमाडाैं

नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेस हुने भएका छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत हिजो पेस हुन नसकेपछि आज पेस गरिने भएको छ । विद्या भण्डारीको तर्फबाट कर्ण थापालाई फरक मत बाचन मात्रै गर्न दिइने बुझिएको छ । उनको प्रतिवेदनमाथि छलफल गरिने छ्रैन । हिजो पहिलो दिन चार वटा प्रतिवेदन मात्र पेस भएको जनाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् । आज प्रतिवेदन पेस गरेर समूहगत छलफल थाल्ने कार्यसूची रहेको छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै प्रतिवेदनमा समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ लाई भनिएको छ ।

विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी भएका छन् ।