२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबल खेल भाेलि हुँदै


390
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ।

काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल शनिबार साँझ साढे ५ बजेदेखि शुरु हुने भएकाे छ । त्यस्तै, दाेस्राे खेल भने यहि भदाै २४ गते मंगलबार नेपाल र बंगलादेशबीच खेल हुने भएकाे हो । मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशको टोली पनि बुधबार नेपाल आइसकेको छ ।

दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको हाे । मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने दुवै टोलीका कप्तान र मुख्य प्रशिक्षकले बताएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्णका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने दावी गरेका थिए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जीतको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताएका हुन् । उनले घरेलु मैदामा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर समेत गरेका छन्। त्यसैगरी बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए ।

साेही खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको एन्फाले जनाएकाे छ ।