
काठमडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला-संस्कृति, सम्पदाको संरक्षण-संवद्र्धन तथा प्रवद्र्धनको लागि सरकार मात्र नभएर निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।
काठमाडाैंमा शुक्रबार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने उल्लेख गर्दै सम्पदा संरक्षणमा चनाखो हुन सम्पदा प्रेमीहरुलाई आग्रह गर्नुभयो । नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको समेत उहाँले बताउनुभएकाे छ ।
राष्ट्रपति पाैडेल साेही कार्यक्रमले नेपालका हिमालदेखि साँस्कृतिक धरोहरसम्मका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र , जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा उहाँले विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।
यहि व्यवस्थामा प्राप्त उपलब्धी, अवसरहरुको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्