
काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन केही बेरमा सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशनको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाट्न गर्नु भएको हो ।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी भएका छन् । उद्घाट्न समारोहपछि विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम रहेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रतिवेदनहरुमाथि नौ वटा समूहमा छलफल गराउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्