
काठमाडौँ । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएकाे छ । नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गर्नुभएकाे छ ।
बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएकाे हाे । दाहालले पुराना कम्युनिस्ट नेताहरू कहिल्यै नसच्चिने भएकाले आफू नयाँ विकल्पको खोजीमा रास्वपा रोजेको बताउनुभयाे । रास्वपा प्रवेशसँगै मकवानपुरमा पार्टीको संगठन विस्तारमा थप बल पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्