
काठमाडौं । सिन्धुलीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ बेथाचौडी नजिक आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातिमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीमा अनुसार बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्