Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


सामाजिक सञ्जाल बन्दको पत्रकार महासंघको विरोध


0
Shares

काठमाडाैं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल सच्याउन माग गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकाले तत्काल सच्याउन भनेको हो ।

कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको भन्दै पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल नियमनलाई समर्थन गर्न सकिने भए पनि अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार गर्न नसकिने स्पष्ट पारिएको छ ।

Skip This