१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबलको पहिलो खेल शनिबार हुने


715
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल शनिबार हुने भएकाे छ ।

शनिबार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा खेल शुरु हुने भएकाे हाे । त्यस्तै, दोस्रो खेल यहि भदौ २३ गते हुने भएकाे छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने एन्फाले जनाएको हाे । मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइसकेको छ ।

प्रतियोगिताको समग्र विजेतालाई ट्रफी प्रदान गरिने भएकाे हाे । दुवै खेलपछि समान नतिजा आएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउट मार्फत विजेता निर्धारण गरिने एन्फाले जनाएको छ । एन्फाले टिकट व्यवस्थापनको सम्पूर्ण अधिकार आफ्नै स्वामित्वमा राखेको हाे ।

खेलका लागि १ हजार भीआइपी र ५ सय टिकट मूल्य तय गरेको एन्फाले जनाएकाे छ ।