१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सरकारले बन्द गरेपछि फेसबुकले सूचीकरणको चासो देखायो, हाम्रो पात्रो भने बन्द नहुने


3.471k
Shares

काठमाडौं । सरकारले बन्द गर्न निर्देशन दिएका सामाजिक सञ्जाल मध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ ।

सरकारको बिहीबारकाे निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे हाे ।हाम्रो पात्रो ह्वाइट लिस्टमा गइसकेका कारण तत्कालै बन्द नहुने भएकाे छ । फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको हाे ।

मेटाको सिंगापुरस्थित कर्मचारीले सञ्चारमन्त्रीका स्वकीय सचिवसँग सूचीकरणका लागि आवश्यक डकुमेन्टकाे बारेम जानकारी माग गरेको र यसको रेस्पोन्स गरिसकेको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार यद्यपि यहि आधारमा मेटाका साइटहरू ह्वाइट लिस्टमा भने गएको छैन ।