१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


पार्टीभत्र गुट-उपगुट र स्वार्थ समूह नरोकिएमा कारबाही गर्ने माओवादी केन्द्रको निर्णय


273
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टीभित्र स्वार्थसमूह नरोकिए अुनशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएकाे हाे । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार बैठकले पार्टीको मध्यपहाडी लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको छ ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित खोजेको उहाँले टिप्पणी पनि गर्नुभयो । सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्नेमा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रवक्ता सापकोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयकाे बारेमा अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताउनुभयाे ।