१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


चीनको जीएसआईमा नेपालकाे सहमति बारे प्रधानमन्त्री ओलीसँग राप्रपाद्वारा जवाफ माग


195
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा सहमति गरेको समाचारकाे बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जीएसआई नेपालको परराष्ट्र नीति विपरित रहेको उल्लेख गर्दै यसले नेपालको हित हुन नसक्ने बताउनुभयो । उहाँले जीएसआईमा नेपालमा सहभागी भएर आएको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुपर्ने बताउनुभएकाे छ ।

विद्यालय शिक्षा ऐनप्रति असहमति प्रकट गर्दै उहाँले आन्दोलनरत निजी विद्यालयका मागहरुमा समेत समर्थन जनाउनुभयो । निजी विद्यालयहरुले नेपालको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान दिएको कारण उनीहरुलाई गैर-नाफामूलक बनाउन नहुने कुरामा उहाँकाे जोड छ ।

सरकारले भने चीनको जीएसआईमा नेपालले कुनै किसिमको सहमति नगरेको दावी गरेको हाे । चीनको थियानजिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहि भदौ १४ गते प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तामा जीएसआईमा नेपालले सहमति जनाएको भनेर सार्वजनिक भएका समाचार आधारहीन भएको सरकारले जनाएकाे छ ।