
काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ ।
संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । यसको माओवादी केन्द्रले विरोध गर्ने उहाँले बताउनुभयो । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको उहाँकाे जिकिर छ । नियमनको कुरा आवश्यक रहेको र तर के-के र कहाँ समस्या हो पहिचान गर्न जरुरी रहेको उहाँकाे भनाइ थियाे ।
सांसद पाण्डेले सामाजिक सञ्जाल बन्द भएकाेे खण्डमा भने देश अस्तव्यस्त हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्