१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा सभापति देउवाकाे जाेड


143
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो जाेड दिनुभएकाे हाे । उहाँले कर्मचारीले कुनै पार्टीको लागि नभएर समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभयो ।

देश, राष्ट्र र विधान अनुसारको काम गर्न कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभएकाे छ। निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत कुरा भएको उल्ल्लेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने उहाँकाे भनाइ थियाे ।

सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरु क्रियाशिल हुनुपर्ने बताउनुभएकाे छ । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो र छरितो सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।