१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


संसदीय सुनुवाइ समितिकाे सभापतिमा रामहरि खतिवडालाई बनाउने कांग्रेसकाे याेजना


481
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा पार्टीका सांसद रामहरि खतिवडालाई बनाउने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको बताउनुभएको हो । नेकपा एमालेले उम्मेदवार नदिने र विपक्षी दलहरूको बहुमत नभएका कारण समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने उहाँको दावी छ ।

यसअघि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुभएको थियो । कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उहाँले राजीनामा दिनुभएको हो। त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसक्नुभएको छ ।