
काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई सरकारले बिहीबारदेखि नै बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सोही निर्णय गरेको छ ।
यहि भदौ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो । तर त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्