
काठमाडौं । नेपाल प्रहरीका ३२औं नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
गृह मन्त्रलयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन। मेरा सीमितताप्रति जानकार छु । तर, राम्रो गर्ने प्रयास गर्नेछु। निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो।’
आईजीपी खापुङले तेह्रथुमबाट शुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण समेत गर्नुभएकाे छ । प्रहरी संगठनका सकल दर्जाको हितका खातिर काम गर्ने उहाँकाे भनाइ थियाे । प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आइसकेको समेत उहाँले बताउनुभयाे ।
साेही अभिव्यक्तिले आधुनिक र सक्षम प्रहरी बल निर्माण गर्नेतर्फ उहाँको ध्यान केन्द्रित भएको देखाउँछ।
प्रतिक्रिया दिनुहोस्