
काठमाडाैं । आजबाट काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ ।
आज बिहान १०ः३१ को शुभसाइतमा मानन्धर समुदायले पूजाआज होमसहित क्षमा पूजा गरी लिङ्गोलाई डोरीको सहायताले तानेर उठाइ विधिवत रुपमा जात्राको प्रारम्भ भएको हो ।
गुठी संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ । सो पश्चात २६ गते राती इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने जनाइएको छ ।
इन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा शुरु गरिएको थियो । सो दिन बेलुका वृक्षकर्तन गरेर ईन्द्रजात्राको लिङ्गो बनाइएको थियो । उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराईएको थियो ।
प्रतिक्रिया दिनुहोस्