
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ ।
बुधबार राति कपनबाट प्रगतिनगरमा रहेको घरतर्फ फर्किने क्रममा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको रास्वपा सचिवालय सदस्य दीपक बोहराले जनाएका छन् ।
भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएको भण्डारीको चुच्चेपाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् ।
आक्रमणमा संलग्न आक्रमणकारीहरूको पहिचान हुन सकेको छैन । रास्वपाले घटनाबारे प्रहरीलाई जानकारी गराएको छ र बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्