१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


सरकारले मल कारखाना स्थापना गर्न सरकारसँग सांसद चौधरीकाे माग


234
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले यस्तो माग गर्नुभएको हो । मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले त्यसको निर्णय लिन सरकारलाई सचेत गराउनुभएको छ।

सोही कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई उहाँले सुझाव दिनुभयो । मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण उहाँले गराउनुभएको छ । सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको समेत बताउनुभयो ।

सांसद चौंधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुने समेत बताउनुभएको छ।