१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


प्रहरी महानिरीक्षक थापासहित ३ जना एआईजीकाे बिदाई


1.664k
Shares

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दीपक थापा र दुई जना एआईजीहरू अवकाश भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहकाबीच ३० वर्षे सेवा अवधि पूरा गरेर आईजीपी थापा, एआईजीद्ववय टेकबहादुर तामाङ र सुदीप गिरीलाई बिदाई गरिएकाे हाे । नवनियुक्त आईजीपी चन्द्र कुवेर खापुङले आईजीपी थापा र दुई जना एआईजी तामाङ र लामालाई बिदाई गर्नुभएकाे छ। बिदाई समारोहमा सशस्त्र प्रहरी गण नम्बर–१ का गण प्रमुख सुवासचन्द्र बोहरा नेतृत्वको कम्पनीले आईजीपी थापालाई सम्मान गारत अर्पण गरेको थियो ।

त्यसअघि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले पनि आईजीपी थापालाई बिदाई गर्नुभएकाे थियाे । आईजीपी थापा २०८१ साल चैत ४ गते ३१ औं प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका हुनुभएकाे थियाे । सेवा निवृत भएका तिनै जना २०५२ साल भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाले आईजीपीको रूपमा करिब ६ महिना प्रहरी संठनको कमाण्ड गर्नुभएकाे छ ।

मन्त्रिपरिषदकाे बैठकले चन्द्रकुवेर खापुङलाई ३२ औं प्रहरी महानिरीक्षक नियुक्त गरिसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको रूपमा कार्यरत खापुङ २०५२ साल कार्तिक २७ गते प्रहरी सेवामा प्रवेश गर्नुभएकाे थियाे ।