
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि १५ दशमलव ६४ अंकले घटेको छ ।
नेप्से ० दशमलव ५७ प्रतिशतले घट्दा परिसूचक २ हजार ७ सय २६ दशमलव ३३ विन्दुमा पुगेकाे हाे । नेप्से घट्दा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ४५ हजार ९ सय ९४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ३९ वटा कम्पनीको शेयर मूल्य बढेको हाे । २ सय १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरीमा ३ सय २६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ५ सय ९४ पटक शेयर किनबेच भएको हाे।
बुधबार म्युचुअल फण्ड ० दशमलव २२ प्रतिशतले र ट्रेडिङ समूह ० दशमलव ०७ प्रतिशतले बढेको छ । अन्य सबै समूह भने राताम्य भएको हाे । सबै भन्दा बढी हाइड्रोपावर समूह ० दशमलव ९२ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्